अनु चौधरीको ‘माया बिनाको मान्छे’ सार्वजनिक (भिडियाेसहित)-Sutra News

अनु चौधरीको ‘माया बिनाको मान्छे’ सार्वजनिक (भिडियाेसहित)

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडाैं । हङकङबासी संगीतप्रेमी उपेन्द्र बिश्वकर्माको नयाँ पृथक गीत ‘माया बिनाको मान्छे’ सार्वजनिक भएको छ ।



यस गीतमा पछिल्लो समय कि लोकप्रिय गायिका अनु चौधरीको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द, चर्चित एरेञ्जर रमेश सेञ्चुरीको संगीत, एरेञ्ज, मिक्सिङ रहेको छ ।

सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को निर्देशन रहेको छ भने मन बहादुर पुनको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मञ्जिता केसी, प्रकाश बराईली ‘अभिब्यक्ति’, राज कुमार रायमाझी, सुजन बराईली, भिम बहादुर पौडेल, रमेश सेञ्चुरीको अभिनय रहेको छ ।

यस गीतलाई म्याग्देली डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमिकाले प्रेमिलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको अनि अन्तिममा उस्को मायालाई बुझेर समर्पण गरेको कुरालाई समेट्न खोजिएको छ । साथै साँचो प्रेमको कदर गर्नुपर्छ र प्रेमले लै संसार बदल्न सकिन्छ भन्ने कुराको सन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट