सानिमाका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट-Sutra News

सानिमाका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।



उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।

साथै, ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा ५० को परामर्श शुल्क मात्रलाग्ने छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट