टाटा मोटर्सको ‘बडा दशैं बडा अफर’ : नगद छुटसहित थुप्रै सुविधा-Sutra News

टाटा मोटर्सको ‘बडा दशैं बडा अफर’ : नगद छुटसहित थुप्रै सुविधा

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘टाटा मोटर्स वडा दशैं बडा अफर’ सार्वजनिक गरेको छ ।



नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदीले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख ३० हजारसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सकिनेछ ।

यसका साथै टाटा ईभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ ।

ईभी तथा आइस रेञ्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्सका शोरुमहरूमा सम्पर्क गर्न कम्पनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट