कुमारीको ‘टीका अघि नै दक्षिणा’ योजना : कार्ड तथा मोबाइल बैंकिङमार्फत्‌ भुक्तानी २५ प्रतिशत क्यासब्याक-Sutra News

कुमारीको ‘टीका अघि नै दक्षिणा’ योजना : कार्ड तथा मोबाइल बैंकिङमार्फत्‌ भुक्तानी २५ प्रतिशत क्यासब्याक

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडादशैं उपलक्ष्यमा आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।



बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यो योजना अन्तर्गतका सुविधाहरू आगामी असोज २८ देखि कात्तिक ५ गतेसम्म लागु हुने बैंकले जानकारी दिएको छ ।

यस योजनामा बैंकले कार्ड तथा मोबाइल बैंकिङमार्फत्‌ भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत (अधिकतम ५०१ रुपैयाँ)सम्म क्यासब्याक दिनेछ । बैंकका अनुसार क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरूबाट बैंकिङ सुविधा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट