छायांकन अगावै ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री-Sutra News

छायांकन अगावै ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौं । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।



यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्वलगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।

दर्शक बढाउने काम केही चलचित्रहरूले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ श्रृृंङ्खला । षट्कोण आट्सले निर्माण गरेको चलचित्रहरूले अन्तर्राष्ट्रियबजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहि कारण उक्त कम्पनिले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकाँस देशमा प्रदर्शन अधिकार विक्री भइसकेको छ ।

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए ।

‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य चलचित्रको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहिँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरें’, वितरक थापाले भने,‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकाँस देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता पनि हो ।’

वितरक थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समुहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मुल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

‘चलचित्रको कति मुल्य पर्यो भन्दा पनि यसले उचित मुल्य पाएको छ । मैले यसका पछिल्ला शृङ्खलाले गरेको व्यापार र प्रवासमा वितरक र दर्शकको माँग बुझेर अहिलेसम्मकै महँगो मुल्यमा खरिद गरेको हुँ । मैले जुन विश्वासले चलचित्र किने, त्यहिँ विश्वासले मसँग अधिकाँस देशका वितरकले खरिद गरिसकेका छन् । त्यसले पनि महाजात्रालाई लिएर दर्शक कति प्रतिक्षित छन् भन्ने प्रस्ट्याउछ । मैले कहिँ कतै किनिदेउ भनेको छैन, चलचित्र नपाउने साथी रिसाएका छन्’, वितरक थापाले भने ।

उनले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए । वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट