नबिल बैंक र युरोपियन युनियनबीच सम्झौता, जलवायु अनुकूल भवन निर्माणमा सहकार्य गर्ने-Sutra News

नबिल बैंक र युरोपियन युनियनबीच सम्झौता, जलवायु अनुकूल भवन निर्माणमा सहकार्य गर्ने

शुक्रबार, १९ असोज २०८०

शुक्रबार, १९ असोज २०८०

काठमाडौं । नबिल बैंकले नेपालमा ऊर्जा दक्ष र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू) को सहयोगमा बिल्डिङ इनर्जी इफिशियन्सी इन नेपाल (बीईएन) सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै नबिल बैंक र बीईएन प्रोजेक्ट दुवै नेपालमा दिगो र जलवायु अनुकुल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् ।



उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीईएन प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले एमओयूमा हस्ताक्षर समारोहमा उपस्थित अन्य पेशाकर्मीहरू बीच सम्झौतामा हस्ताक्षर गरे ।

बैंकका अनुसार यो साझेदारीले विशेष गरी अभिनव वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्याङ्कन गर्न प्राविधिक क्षमता निर्माण गर्ने र दिगो र ऊर्जा दक्ष भवनहरूको प्रवर्द्धनका लागि प्राथमिकताका वित्तीय योजनाहरूमा पहुँच पुर्‍याउन लिंकेज सहजीकरण गर्नेलगायतका गतिविधिहरू सञ्चालन गर्ने बैंकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जलवायु परिवर्तनप्रति संवेदनशिल रहेको र ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको नबिल बैंकले बताए ।

जलवायु आपतकालिन न्यूनीकरणमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पौड्यालले भने, ‘उर्जा दक्ष र दिगो भवन निर्माणले वातावरणलाई मात्र फाइदा पुर्‍याउँदैन, हाम्रो समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट