अर्जुन पोखरेलले ल्याए ‘मनको धनी’ : जात र धर्मबीचको प्रेममाथि कथा (भिडियोसहित)-Sutra News

अर्जुन पोखरेलले ल्याए ‘मनको धनी’ : जात र धर्मबीचको प्रेममाथि कथा (भिडियोसहित)

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ ।



गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।

भौतिक सम्पन्नताभन्दा मनको सम्पन्नताको वकालत गर्ने गीतको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । चलचित्रमा संगीतमा सर्वाधिक रुचाइएका संगीतकार अर्जुन पोखरेलका सुगम संगीतले पनि उत्तिकै माया पाउने गरेका छन् ।

यस्तो छ गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट