शिक्षक आन्दोलन : सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्-Sutra News

शिक्षक आन्दोलन : सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

बिहिबार, ४ असोज २०८०

बिहिबार, ४ असोज २०८०

काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा बसेको आन्दोलनरत शिक्षकहरुको वार्ता निष्कर्षविहीन बनेको छ।



बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो। वार्तामा सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु थिए।

यता आन्दोलनरत पक्षबाट महासंघ अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए। आज बिहान पनि गृहमन्त्रीसँग शिक्षकहरू वार्तामा बसेका थिए। तर सोही बैठक एजेन्डामा प्रवेश नगरी सकियो।

आज नै सरकारले सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्रीलाई दिएपछि अहिले बेलुका दोस्रो बैठक बसेको थियो। यता आन्दोलनरत पक्षले वार्ता र आन्दोलनसँगसँगै लग्ने बताएका छन्। दुई पक्षबीच भोलि बिहान ८ बजे फेरि वार्ता हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट