ग्याष्ट्रिकबाट पीडित हुनुहुन्छ ? यसरी गर्न सकिन्छ उपचार-Sutra News

ग्याष्ट्रिकबाट पीडित हुनुहुन्छ ? यसरी गर्न सकिन्छ उपचार

बिहिबार, १४ भाद्र २०८०

बिहिबार, १४ भाद्र २०८०

ग्यास्ट्रिक नेपालीकाे साझा समस्या बनेकाे छ । खानपानमा ध्यान नदिँदा हुने याे समस्याले धेरै नेपाली पीडित छन् । वास्तवमा ग्यास्ट्रिक आफैंमा कुनै रोग होइन, यो पेट सम्बन्धि समस्या मात्र हो। यो पेटसम्बन्धि कुनै पनि रोगले वा पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या हो जसलाई सबैले ग्यास्ट्रिक रोग भनेर नै चिन्ने गर्छन्।



खासगरी खान अपज भएर तथा खानपिनको सन्तुलन नमिल्नाले ग्याष्ट्रिकले सताउँछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, राेगीहरु यसको चपेटमा पर्ने गरेका छन् । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले काहीँ पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ ।

अधिकांश नेपालीले ग्यास्ट्रिकलाई सामान्यरुपमा लिन्छन् । तर, ग्यास्ट्रिकको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

कस्ता हुन्छन् ग्यास्ट्रिकका लक्षणहरु

-वान्ता हुनु

-पखाला लाग्नु

-खाएको नपच्नु /खाना नपच्नु

-पेट दुख्नु

-पेट फुल्नु

-मुटु दुख्नु

-घाँटी पोल्नु

-छाती पोल्ने समस्या हुनु

-पेट पोल्ने समस्या आउनु

-अमिलो डकार आउनु

-अम्लपित्त बढ्नु

-गनाउने डकार आउनु

-अमिलो डकार आउनु

-मुखमा अमिलो पानी आउनु

-खाना खान मन नलाग्नु

-पेट बढ्नु

-दैनिक दिशा नआउनु

-कालो दिशा आउनु

-पेट कराउने समस्या हुने

-वाकवाकी लाग्ने

-कब्जियत हुने

ग्यास्ट्रिकबाट हुने रोगहरु रोगहरु

ग्यास्ट्रिक बढेर वा ग्यास्ट्रिक बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ । ग्यास्ट्रिकबाट हुने विभिन्न रोगहरु हुन्छन् जस मध्य हरकोहीमा ग्यास्ट्रिकबाट हुने रोगहरु यस्ता छन्–

-कब्जियत

-पायल्स

-पेटको अल्सर

-पेटको क्यान्सर

ग्यास्ट्रिकको घरेलु उपचार

ग्यास्ट्रिकको घरेलु उपचारको लागी सर्वप्रथम खानेकुरा मै ध्यान पुर्याउनु पर्ने छ । आफुले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थिति अनुसार उपयुक्त छ वा छैन?, खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गर्नु पर्छ । खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नु पर्छ । खानाको समय नमिल्दा ग्यास्ट्रिक हुने गर्छ ।

-जिरा पानी सेवन गर्ने

-ज्वानो, जिरा, दही र मेथि मिसाएर खाने

-घोडे नुन (बिरे नुन/ब्याक साल्ट) र एक कागती मिसाई तातो पानीमा पिउने

-ताजा अदुवा र ज्वानो पानीमा उमालेर मन तातो बनाई पिउने, भए बिरेनुन पनि मिसाउने

-ज्वानोलाई पिसेर दही संग मिसाई खाने

-आधा चम्चा बेकिङ साेडा र कागतीको रस मिसाई तातो पानीमा पिउने

-तातो पानी प्रसस्त पिउने

-पुदिनाको पात चपाउने

-तुलसीको पात चपाउने

-दालचिनी खानामा मिसाई सेवन गर्ने

-पेट ढाडिएमा टिमुरको सेवन गर्ने

-बाबरीको पात चपाएर रस निकालेर खाने

-रोटी वा अन्य खानपान गर्दा ज्ञास भए तातो भात सेवन गर्ने

-केरा खाने

-नरिवलको पानी पिउने

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट