यी हुन् बाबु–आमाको पद पछ्याउँदै हिट भएका नायक नायिकाहरु (भिडियाेसहित)-Sutra News

यी हुन् बाबु–आमाको पद पछ्याउँदै हिट भएका नायक नायिकाहरु (भिडियाेसहित)

सोमबार, ११ भाद्र २०८०

सोमबार, ११ भाद्र २०८०

काठमाडौं । यस्ता थुप्रै छोराछोरी छन् जो आफ्ना बाबु–आमा जस्तो बन्न चाहान्छन् । अथवा बाबु–आमाले नै आफ्नो छोराछोरीलाई आफू जस्तो बनाउन चाहान्छन् । हाम्रो समाजमा आज पनि यस्ता थुप्रै उदाहरण छन्, जहाँ डाक्टरको छोरा हाक्टर नै हुने, शिक्षकको छोरा शिक्षक नै हुने र व्यापारीको छोरा व्यापारी नै हुने जस्ता घटना भेटिन्छन् । जहाँ आफ्ना बाबु–आमालाई पक्ष्याउँदै छोराछोरीले पनि बाबु–आमाकै पैशा अपनाई रहेका हुन्छन् ।



नेपाली सिने जगतमा पनि यस्ता थुप्रै कलाकार छन्, जो आफ्नो बाबु–आमाको पद पछ्याइरहेका छन् । जसमा केही निकै हिट भएका छन् त केही असफल पनि भएका छन् । यहाँ हामी बाबु–आमाको पद पछ्याउँदै गर्दा हिट भएका केही कलाकारको विषयमा चर्चा गर्ने कोसिस गरिएको छ ।

अनमोल केसी

अनमोल केसी अहिलेको समयका सुपरस्टार हुन् । उनी आफ्नो समयमा सबैभन्दा धेरै सफल फिल्म दिने सदाबहार अभिनेता भूवन केसीका छोरा हुन् ।

निर्मातासमेत बनिसकेका भूवन केसीले कुसुमे रुमाल, चिनो, साईनो, सम्झना, करोडपति, दक्षिणा, नेपाली बाबु जस्ता हिट फिल्म दिइसकेका छन् । अनमोलले आफ्नै बुबाको पदलाई पक्ष्याउँदै होस्टलबाट फिल्म जगतमा प्रवेश गरेर धमाका मच्याइरहेका छन् ।

कृ, ए मेरो हजुर तीन र चार, गाजलु, क्याप्टेन, छड्के २ जस्ता फिल्म दिइसकेका उनी केही फिल्म असफल भएपनि आफू झन् सधा हिटमा नै रहने गरेका छन् । अझ भनौँ उनी सबैभन्दा चर्चामा रहिरहने अभिनेता बनेका छन्।

मिडियामा छाउन नखोज्ने स्वभावका कारण पनि उनी खोजी केही बढी हुने गरेको छ । पछिल्लो समय अनमोललाई नै लिएर सुदर्शन थापाले रामायण बनाउने तयारी गरिरहेका छन् । थापाले अनमोलको क्रेजलाई ख्याल गरेर फिल्ममा लिन लागेका हुन् ।

केकी अधिकारी

केकी अधिकारी अहिलेकी सफल र निकै व्यस्त नायीका हुन् । फिल्म, म्यूजिक भिडियो हुँदै रियालिटी शोहरुमा समेत व्यक्त अधिकारीलाई नचिन्ने मान्छे कमै छन् ।

केकी चर्चित निर्देशक बद्रि अधिकारीकी छोरी हुन् । केकीले टुथपेस्टको विज्ञापनबाट अभिनयको क्षेत्रमा प्रवेश गरेकी थिइन ।

आफू चर्चित निर्देशक भएपनि आफ्नी छोरी केकीलाई भने यो फिल्म क्षेत्रबाट सधैँ टाढा नै राख्न चाहान्थे रे उनका बुबाले ! यो सबै देख्दा केकी कहिले काहीँ त म यो घरमा किन जन्मिए भनेर समेत रुने गर्थिन् रे ! तर उनको इच्छा शक्तिलाई कसैले काबु गर्न सकेन । र पछि त खुद उनका बाबुले नै यो क्षेत्रमा लाग्नको लागि साथ दिए ।

स्वर फिल्मबाट नायीकाको रुपमा डेब्यू गरेकी उनले त्यसपछि अहिलेसम्म पछाडि फर्किएर हेर्नु परेको छैन । कति फिल्म असफल त भए तर पनि उनको व्यस्तता भने पातलिएको छैन । दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेकी उनी कोहलपुर एक्सप्रेसकी निर्मातासमेत हुन् ।

अरुणीमा लम्साल

अरुणीमा लम्साल कुनै समयकी चर्चित नायिका हुन् । उनको अभिनयसँगै उनको सुन्दरताको चर्चा अहिलेसम्म पनि छ । धड्कन, इन्द्रेणी, कानुन, भरोसा, आफ्नो मान्छे आफ्नै हुन्छ, अग्निज्वाला जस्ता हिट फिल्म दिएकी उनी पनि एक हिट कलाकारकै छोरी हुन् ।

एक समयकी चर्चित अभिनेत्री राधा लम्साल उनकी आमा हुन् । अरुणीमाले आमासँग पनि दीपशीखा नामक चलचित्रमा काम गरेकी छन् । यतिबेला अमेरिकामा बस्तै आएकी अरुणिमा राम्रो फिल्म आए अझै काम गर्ने बताउँछिन् ।

सुहाना थापा

कुनै समयकी सुपर हिट नायिका र अहिलेकी हिट निर्र्दशिका झरना थापा र सफल निर्माता सुनिल कुमार थापाकी एक मात्र छोरी हुन् सुहाना थापा । सुहाना बाबु–आमाको परिचयबाट मात्रै आफ्नै परिचयले पनि चर्चित छिन् । सुहाना अहिलेको पुस्ताकी हिट अभिनेत्री हुन् ।

अहिलेसम्म ए मेरो हजुर ३ र ४ गरेर दुई वटा मात्र फिल्म गरेकी उनको चर्चा दुई दर्जन फिल्म गरेकी नायीकाको भन्दा कम छैन । सुहानाको एक भगवत गिता प्रदर्शनको तयारीमा रहेको छ । यो फिल्म पनि प्रदर्शन अघि नै उनी चर्चाको शिखरमा छिन् ।

एक भगवत् गितालाई समेत गन्ती गर्दा सुहानाले अहिलेसम्म जम्मा तीन वटा फिल्ममा मात्र काम गरेकी छन् । जसमा सबै होम प्रोडक्सन नै हुन् ।

सलोन बस्नेत

सलोन बस्नेत चर्चित निर्देशक, निर्माता र अभिनेता सोभित बस्नेतका छोरा हुन् । त्यति मात्र हैन उनी चर्चित अभिनेता जय किशन बस्नेतका समेत भतिज पनि हुन् ।

फिल्म नेपाली बाबुबाट बाल कलाकारको रुपमा नेपाली सिने जगतमा भित्रिएर अहिलेसम्म करिब ६० को हाराहारीमा फिल्म खेलिसकेका छन् सलोनले । गत

साता मात्र उनी अभिनित चलचित्र हिँड्दा हिँड्दै लागेको थियो । अहिले सलोन नै मुख्य भूमिकामा रहेको चलचित्र जय हो देशभर प्रदर्शनमा लागिरहेको छ ।

गौरब पहाडी

गौरब पहाडी सक्रिय राजनीतिबाट फिल्ममा लागेर अहिले सफल अभिनेताका रुपमा स्थापित भइसकेका छन् । होस्टल, गाजलु, साहिँलीलगायत एक दर्जन फिल्ममा काम गरिसकेका उनको अभिनयको निकै चर्चा छ ।

नम्बरी सुन र काँडेतार उनका आगामी फिल्म हुन् । गौरव वर्षौंदेखि फिल्म क्षेत्रमा सक्रिय र सफल अभिनेता टिका पहाडिका छोरा हुन् ।

यस्ताे छ भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट