बजेट बहुमतबाट पारित : पक्षमा १४७, विपक्षमा मत १०८-Sutra News

बजेट बहुमतबाट पारित : पक्षमा १४७, विपक्षमा मत १०८

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

प्रतनिधिसभाबाट बजेट बहुमत पारित भएको छ ।



बुधवार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतविभाजनमा विधेयक बहुमतले पारित भएको हो । मत विभाजन हुँदा संसद्‍मा उपस्थित २५५ जना सांसदमध्ये बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत खस्यो ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।

बैठकमा उपस्थित संख्याको बहुमतले विधेयक पारित हुने संसद् नियमावलीको व्यवस्था छ । अर्थमनत्री डा. प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेपछि सभामुखले निर्णयार्थ पेश गरेका थिए ।

तर, सभामुख घिमिरेले ध्वनी मतका आधारमा विधेयक बहुमतले पारित भएको घोषणा गरेसँगै एमालेले मतविभाजन माग गरेको थियो । त्यसपछि मतविभाजन प्रक्रियामा गएको हो ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि मात्र बजेट कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट