उपलब्धिलाई कमजोर बनाउन मुर्रा भैंसी कि राँगो भन्ने विषयमा लामो समय चर्चा गरियो : प्रधानमन्त्री-Sutra News

उपलब्धिलाई कमजोर बनाउन मुर्रा भैंसी कि राँगो भन्ने विषयमा लामो समय चर्चा गरियो : प्रधानमन्त्री

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् ।



बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ ।’

यी सबै उपलब्धिको चर्चा हुने देखिएपछि प्रधानमन्त्रीको खेदो खन्नका लागि मुर्रालाई राँगो कि भैंसी भन्दै लामो समय चर्चा चलाइएको उनको गुनासो थियो । प्रधानमन्त्रीले भने, ‘हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट