किन काठमाडौं आए चिनियाँ खर्बपति ज्याक मा, ३ दिने बसाइमा के-के गर्दैछन्?-Sutra News

किन काठमाडौं आए चिनियाँ खर्बपति ज्याक मा, ३ दिने बसाइमा के-के गर्दैछन्?

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

चर्चित इकमर्श साइट अलिबाबाका संस्थापक एवं चिनियाँ खर्बपति व्यवसायी ज्याक मा आज काठमाडौं आएका छन्।



उनी बङगलादेशबाट निजी विमानमा त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। उनी तीन दिन नेपाल बस्ने बताइएको छ।

उनको नेपाल भ्रमणको उदेश्य घुमघाम मात्र हो या व्यवसायिक पनि हो भन्ने बारेमा केही सार्वजनिक भएको छैन्।

ज्याकको टाेलीमा उनी सहित ६ पुरुष र एक महिला छन्।

नेपालमा उनको भगिनी कम्पनी दराजले इकमर्श व्यवसाय गर्दै आइरहेको छ। यो कम्पनीले नेपालसँगै दक्षिण एसियाका बंगलादेश, श्रीलंका, पाकिस्तान एवं म्यानमारमा समेत कारोबार गर्दै आएको छ।

ज्याक मा आफ्नो व्यवसायको अवस्था बुझ्न आएका हुन् वा अन्य केही भनेर कुनै जानकारी पुष्टि हुनसकेको छैन।

उनको भ्रमण व्यक्तिगत नभइ वयवसायिक भएको खण्डमा उनले यहाँ गर्ने भेटघाटले उनको उदेश्य स्पष्ट हुनेछ।

उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको बताइए पनि यसको औपचारिक पुष्टि भने हुनसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट