ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ७ पुग्यो-Sutra News

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ७ पुग्यो

मंगलबार, १२ असार २०८०

मंगलबार, १२ असार २०८०

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।



निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेसँगै ७ जना पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोही प्रकरणमा शाहसहित भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट