अनलाइन सट्टेबाजी गराउने थप ४ जना पक्राउ-Sutra News

अनलाइन सट्टेबाजी गराउने थप ४ जना पक्राउ

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

प्रहरीले अनलाइन सट्टेबाजी गराएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ ।



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमडौंबाट खटिएको टोलीले रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको आरोपमा कलंकी, ठमेल र बालाजुबाट थप चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जितपुर सिमरा-९ बाराका राजा चौधरी, जितपुर सिमरा-८ बाराका विवेक चौधरी, काठमाडौं-२६ ठमेलका रितेन्द्र प्रधान र त्रिवेणाी सुस्ता-२ नवलपरासीकी आशा गुरुङ छन् । प्रहरीका अनुसार प्रधान र गुरुङ श्रीमान श्रीमति हुन्

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि सोही आरोपमा ९ जना कलाकार तथा युटुबरलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट