नेपालको अहिलेसम्मकै ठूलो साझेदारी-Sutra News

नेपालको अहिलेसम्मकै ठूलो साझेदारी

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले अहिलेसम्मकै ठूलो साझेदारी गरेको छ ।



नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले १७१ रनको साझेदारी गरेका छन् । भुर्तेल ९९ रनमा आउट हुनुपूर्व नेपालले ३१.५ ओभरमा १७१ रन बनाएका थिए ।

अहिले क्रिजमा शेख ६६ रन र कुशल मल्ल शून्य रनमा खेलिरहेका छन् । हाल नेपालले ३३ ओभरमा एक विकेटको क्षतिमा नेपालले १७३ रन बनाएर देखिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट