२०८४ को निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्छ : रवि लामिछाने-Sutra News

२०८४ को निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्छ : रवि लामिछाने

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।



रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

‘विसं २०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ’, उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ ।’

सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट