बालिका बलात्कारमा ८० वर्षीय वृद्धलाई १८ वर्ष कैद सुनाइयो-Sutra News

बालिका बलात्कारमा ८० वर्षीय वृद्धलाई १८ वर्ष कैद सुनाइयो

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

ओखलढुङ्गा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।



मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाँल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

इजलासले सबैभन्दा बढी प्रधानाध्यापक फुयाँललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।

१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबरजस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट