उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता, रमेश खरेलसँग भीड्ने-Sutra News

उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता, रमेश खरेलसँग भीड्ने

सोमबार, २० चैत्र २०७९

सोमबार, २० चैत्र २०७९

काठमाडौं, २० चैत ।  प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।



जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उनी अहिले बारा–२मा उम्मेदवारी दिएका हुन् ।

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट