सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक-Sutra News

सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं – नायिका सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । टिजर शुक्रबार म्युजिक डटकमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण सुनारको निर्देशन रहेको यस फिल्म बैशाख १ गते प्रदर्शनमा आउने छ ।



फिल्ममा सुरक्षासहित रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई लगायतको अभिनय रहेको छ । फिल्ममा कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट