धिरज र सुहानाको फिल्म ‘भगवत गीता’ को छायाँकन शुरु-Sutra News

धिरज र सुहानाको फिल्म ‘भगवत गीता’ को छायाँकन शुरु

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं – फिल्म ‘भगवत गीता’ को छायाँकन शुरु भएको छ । झरना थापाको निर्देशनमा तयार हुने यस फिल्मको छायाँकन जनकपुरबाट सुरु गरिएको हो । जनकपुरमा फिल्मको छायाँकन करिब २० दिन हुनो बताइएको छ ।



सार्वजनिक तस्बिरमा झरना र फिल्मकी अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगर देखिएका छन् । फिल्ममा विपिन कार्की पनि मुख्य भूमिका रहनेछ । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट