बिन्ती कुमारको ‘अमिलो कागती’मा उषा र मनोज-Sutra News

बिन्ती कुमारको ‘अमिलो कागती’मा उषा र मनोज

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौँ, १० पुस । गायक बिन्ती कुमार गुरूङले अमिलो कागती बोलको गीतको भिडियो लिएर आएका छन् । प्रवासमा रहेर पनि नेपाली कला र गीत संगीतलाई नजिकबाट नियालि रहेका गायक गुरूङले हालै सार्वजनिक गरेको ‘अमिलो कागती’मा गायक बिन्ती र गायिका मेलिना राईको स्वर रहेको छ । जसमा गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।



छायांकन बुद्ध थापा तथा सम्पादन विष्णु खड्काको रहेको छ ।  रायन कार्कीको निर्देशन रहेको भिडियोले एक प्रेमील जोडीको प्रेम र रोमान्सका रमाइला किस्साहरुसहित प्रेममा परेपछि मानिस कति खुशी हुन्छ भन्ने कुरालाई देखाएको छ ।

मौलिक शब्दमा सलल बगेको गीतमा  पछिल्लो पुस्ताकी चर्चित मोडल उषा उप्रेती र मनोज गुरूङको अभिनय देख्न सकिन्छ । भिडियो ‘होई मेरो संसार’ , ‘चु सैं ङल’ , लगायतका गीतबाट चर्चा कमाएका गायक बिन्ती कुमारकै अफिसियल च्यानल ज्यासमिन क्रियसनबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट