पुष्प, साम्राज्ञी र सन्दिपको फिल्म ‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक-Sutra News

पुष्प, साम्राज्ञी र सन्दिपको फिल्म ‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

काठमाडौं – फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ। रमेश एम के पौडेल निर्देशित यस फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।



सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र वदलाको भाव देखाइएको छ । पौष २९ गते रिलिजको तयारीमा रहेको यस फिल्ममा पुष्प खड्का,साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दिप क्षेत्री मुख्य भूमिका छन् ।

यस्तै फिल्ममा सरोज खनाल, इमली लामा, खड्ग बहादुर पुन लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा रमेश एमके पौडेल, अर्नव पौडेल आर्यन पौडेल र पासांग लामा निर्माता र शविर श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट