नेपालमा २२७ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु-Sutra News

नेपालमा २२७ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु

बिहिबार, २३ भाद्र २०७९

बिहिबार, २३ भाद्र २०७९

नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गर्दा दुई सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा एक सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट