नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु-Sutra News

नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९

नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।



सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट