नेपालको भाषा संस्कृति माथिको व्यंग कहिलेसम्म ?-Sutra News

नेपालको भाषा संस्कृति माथिको व्यंग कहिलेसम्म ?

शनिबार, ११ भाद्र २०७९

शनिबार, ११ भाद्र २०७९

-सचिन्द्र श्रेष्ठ 



नेवा समुदाय भित्र पनि बिभिन्न भिन्नताहरू छन्, बेग्ला बेग्लै पहिचान छ, सामाजिक, सांस्कृतिक,भाषिक विविधता छ, अनेक धर्म–संस्कार छन्। धर्म, भाषा,संस्कृति जात जाति कुनै पनि समाजको छुट्टै पहिचान र राष्ट्रको गहना हो ।

नेवार भनेको जाति मात्र होइन, एउटा मौलिक सांस्कृतिक,भाषिक, समूहको खुला संग्रहालय हो जस भित्र विविध जात जाती अटाएका छन् ।सारा बिश्वले नेपालको पहिचान चिनाउन नेवा संस्कृति, कलाले छुट्टै महत्व बोकेको छ।

कमेडी,व्यंगका नाममा आजकल अन्य जाती,भाषालाई होच्याउने गर्ने कसैलाई हक छैन। तर अहिले च्याउ झैं उम्रेका केहि यूट्यूब च्यानलहरु आर्फत हास्यंव्यंग गर्ने भन्दै अरुको भाषा,संस्कार माथि तीतो व्यंग प्रहार गर्नेको जमात बढ्दो छ । यसलाई कारबाही नगर्ने वा यस्ता कार्यकम गर्न मद्दत पुर्याउने हौसला प्रदान गर्ने काम बढ़ी भइरहेको छ।

केहि समय पहिले पनि राष्ट्रीय टेलीभिजन मार्फ़त कमेडी क्लबमा भगवान शिब माथि ब्यङ्ग प्रहार गरी हिन्दू संस्कृति धर्म माथि केहि कमेडियनले धावा बोलेको प्रष्ट रहेको छ ।

यो विवादको भिडियो काटेपछि मात्र प्रसारण गरियो । अघिल्लो विवाद सकिन नपाउंदै कमेडी क्याफे यूट्यूब मार्फ़त पुनः नेवा भाषा,खानपान र सस्कृति माथि ब्यङ्ग भएको छ। तर पनि नेवा भाषा,संस्कृति,खानपान माथि ब्यङ्ग गर्नेलाई सजाय किन हुन सकिरहेको छैन।यसको जिम्मेवार कसलाई मानने हो ? कसले यस्तो प्रवृत्ति गर्नमा हौसला र ढाडस दिएको छ वा यो पनि कुनै राजनितिक द्वन्द्व निमताउने खेल त होइन ?

दलित र मधेसीका नाममा राजनीति गर्दा गर्दै अब अन्य जात जातिलाई समेत जोडेर ब्यङ्ग गर्ने अधिकार कसैलाई छैन । ब्यङ्गका नाममा मनोरन्जन गर्नका लागी चलचित्र, सीरियल र नाटक बनाउने अनेक बिषय बस्तु आफ्नै वर पर छ तर केहि ब्यक्ति बिशेष ,धर्म,भाषा,संस्कृति माथि ब्यङ्ग गर्ने छुट कसैलाई छैन । तसर्थ यी भाषा धर्म,संस्कार हाम्रा पहिचान हुन यिनिहरुको संरक्षण गर्ने तर्फ लागौं नकि ब्यङ्गका नाममा हेला होचो गर्ने काम नगरौ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट