प्रदीप गिरिको अन्तिम बिदाइमा जे देखियो, यी नेताहरु पुगे (फोटो फिचर)-Sutra News

प्रदीप गिरिको अन्तिम बिदाइमा जे देखियो, यी नेताहरु पुगे (फोटो फिचर)

आइतबार, ५ भाद्र २०७९

आइतबार, ५ भाद्र २०७९

काठमाडौं – कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।



आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ । सानेपा र मेडिसिटी अस्पतालमा नेता गिरिप्रति श्रद्धाञ्जली दिन पुगेका नेताहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट