नागरिकता विधेयक जस्ताको तस्तै पारित, १३५ जना पक्षमा-Sutra News

नागरिकता विधेयक जस्ताको तस्तै पारित, १३५ जना पक्षमा

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९
samsad फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।



बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।

बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो ।

गत साउन ७ गते प्रतिनिधिसभाले नेपाल नागरिकता संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट