नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले हुँदैन – भीम रावल-Sutra News

नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले हुँदैन – भीम रावल

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

काठमाडौं – सांसद डा भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको बताएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९० का सम्बन्धमा आफ्नो धारणा राख्ने क्रममा उनले सो कुरा गरेका हुन् ।



नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने भन्दै उनले वास्तविक नेपाली नागरिकता पाउनुपर्नेमा सबैको मत भएको बताए ।

यस्तै सांसद महेश बस्नेतले नागरिकलाई नागरिकता दिने विषयमा कुनै पनि समस्या नभएको तर तेस्रो मुलुकका व्यक्तिले नेपाली नागरिक विवाह गर्दा नागरिकता लिएर यहाँ बस्छ भन्ने सोच्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट