बालेन र हर्क सामपाङबीचको ‘दोहोरी’ले संसदमा पनि हंगामा-Sutra News

बालेन र हर्क सामपाङबीचको ‘दोहोरी’ले संसदमा पनि हंगामा

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा दोहोरी चलेको बिषय संसदमा पनि चर्चा भएको छ ।



बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै काठमाडौंका एमाले सांसद कृष्णकुमार राईले काठमाडौंको फोहर नउठेको विषयलाई लिएर दुई मेयरबीच चलेको दोहोरी बारे कुरा राखे । उनले भने काठमाडौंका मेयरले लाचारी प्रस्तुत गरिरहेको समयमा मेयर बालेन र धरानका मेयर हर्कबीच दोहोरी चल्यो । सहमतिपछि पनि फोहोर उठेन ।

उनले महानगरको फोहर नयाँ प्रविधि ल्याएर व्यवस्थापन गर्नुपर्ने बताए । बुधबार काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा दोहोरी चलेको थियो । सम्पाङले फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ १ भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिदै सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ! ’ पोस्ट गर्दै केहि आक्रोशको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

केहि दिन अघि काठमाडौं आएका धरानका मेयर सम्पाङ यतीबेला धराननै फर्किसकेका छन्।काठमाडौंमा रहँदा यहाँको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको बताउदै सम्पाङले आफ्नो फेसबुकमा ब्यङग्यात्मक स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट