विचौलियाको खेल बन्दको माग गर्दै युवा संघले घेर्‍यो यातायात कार्यालय, ११ तस्बिरमा हेर्नुहोस्-Sutra News

विचौलियाको खेल बन्दको माग गर्दै युवा संघले घेर्‍यो यातायात कार्यालय, ११ तस्बिरमा हेर्नुहोस्

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

काठमाडौं – एमालेनिकट युवा संघ नेपालले विचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ ।



सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही, ढिलासुस्ती र विचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै युवा संघले सोमबार कार्यालय घेराउ गरेको हो ।

कार्यालयमा रहेका विचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती जस्ता लापरबाहीको अन्त्यको माग राखेर संघले कार्यालयमा धर्नासहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई मागसहितको ज्ञापनपत्र पनि संघले बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट