विराटनगर पुगेर ओलीमाथि माधव नेपालको तथानाम-Sutra News

विराटनगर पुगेर ओलीमाथि माधव नेपालको तथानाम

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै लागि महाको घाँडो भइसकेको बताएका छन् ।



सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गदै नेपालले ओली दलहरूका लागि मात्रै नभई लोकतन्त्र, संविधान र देशकै लागि महाको घाँडो भइसकेको बताएका हुन्। उनले ओली परिवर्तनको विरोधी शक्ति भएकाले उनको विरुद्ध पविर्तनकारी शक्तीहरू एकजुट हुनु स्वभाविक भएको बताए।

‘परिवर्तनकारीहरू एक ठाउँ उभिन्छन्’ उनले भने ‘परिवर्तन विरोधीहरू शक्तिहरू प्रतिगामीहरू  एक ठाउँमा उभिन्छन्।’ नेपालले कहिले लोकतन्त्रको खास्टो ओडेर र कहिले वामपन्थीको खास्टो ओडेर अधिनायकवादीहरू सक्रिय रहने गरेको भन्दै अहिले नेपालमा वामपन्थको खास्टो ओडेर अधिनायकवादी शक्तिहरू सलवलाइरहेको बताए।

नेपालले आवश्यकताको आधारमा चुनावमा गठबन्धन हुने स्पष्ट पारे। उनले नेकपा एसले २ वटा महानगरपालिकाको नेतृत्वमा दाबी गरेको जानकारी दिए। ‘पहिले पनि हामीले २ वटा महानगर जितेकै हौं’ उनले भने ‘अहिले पनि हाम्रो २ वटा महानगरमा दाबी रहन्छ।’

अध्यक्ष नेपालले भारतभ्रमणका क्रममा भाजपाको कार्यालयमा प्रधानमन्त्री गएको आफूलाई ठीक नलागेको बताए। उनले भने ‘कुनै पार्टीले बोलाएर जाँदा ठिकै हो तर, देशको प्रतिनिधित्व गरेर जाँदा कुनै पार्टीको कार्यालयमा जानु उचित हैन।’ नेता नेपालले कांग्रेसमा गठबन्धनको पक्ष र विपक्षमा दुई वटा खेमा रहेको बताउँदै चुनावमा गठबन्धन गर्नुहुँदैन भन्नेहरूले एक्लै जितेर देखाउन चुनौति दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट