नेपालमा थप २६ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य-Sutra News

नेपालमा थप २६ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

बुधबार, १६ चैत्र २०७८

बुधबार, १६ चैत्र २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

सोही अवधिमा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट