देशभर थप १०५ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु-Sutra News

देशभर थप १०५ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

बिहिबार, १९ फाल्गुन २०७८

बिहिबार, १९ फाल्गुन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । सोही अवधिमा १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ०२ हजार ९०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट