कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु-Sutra News

कोरोनाका संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका-८ निवासी ३३ वर्षीय बाटु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनारको बुधबार निधन भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकोमा उनको निधन भएको प्रहरीले जनाएको छ । उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट