आज बिवाह पञ्चमी : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल-Sutra News

आज बिवाह पञ्चमी : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

काठमाडौं, २२ मंसिर- आजको पात्रो : २२ मंसिर, बुधबार । ८ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष पञ्चमी तिथि, अर्थात् बिवाह पञ्चमी हो । जनकपुरमा सीता बिवाह पञ्चमी मेला हुने गर्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र सीताको बिवाह भएको दिन हो । त्यसैको सम्झनामा आजको दिन जनकपुरमा विशेष पर्वका साथ सीता बिवाह पञ्चमी मनाउने गरिन्छ । आजको दिन बिवाहका लागि कुनै साइत हेर्नु पर्दैन । त्यसैले आजको दिन जनमानसमा पनि धेरै बिवाह हुने प्रचलन छ ।



श्रवण नक्षत्र, धुव्र योग, चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ७ मिनेटमा हुनेछ । आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ । बुधबारका दिन गृहस्थीसम्बन्धी काम गर्नु निकै उत्तम मानिन्छ । शुक्लपक्षको पञ्चमी तिथिलाई विशेष दिन पनि मानिछ । आजको दिनलाई सबै समय शुभ मानेर शुभकर्म गर्न सकिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्‍याउनु हाेला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईँमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा  बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ । त्यसैले तपाईँले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईँमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : व्यापारट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले तपाईँलाई सकारात्मक सोच आउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईँले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईँ आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईँको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । यात्राका लागि अवसर आउनसक्छ । तपाईँले सोचअनुसारको काम हुनेछ । ब्यापारबाट फाइदा हुनेछ । अध्ययनअध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट