अनुषा धितालको गजलः धानका बाला झुल्दा…-Sutra News

अनुषा धितालको गजलः धानका बाला झुल्दा…

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

धानका बाला आलीमा झुल्दा सम्झना उनैको ।
हटेर बादल आकाश खुल्दा सम्झना उनैको ।



फेरि यी चाड घुमेर आए ऐलेको सालमा नि
बन र पाखा म एक्लै डुल्दा सम्झना उनैको ।

साथी र भाइ रमाई हिड्छन् बाटोमा जिस्कँदै
नौ डाँडा पारी सबैले भुल्दा सम्झना उनैको ।

दिदीले पनि सोधेकी थिइन् आउँछौ के गर्छौ ?
अनेक फूल फक्रेर फुल्दा सम्झना उनैको ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट