मौसम सुधार, ठूलो पानी नपर्ने-Sutra News

मौसम सुधार, ठूलो पानी नपर्ने

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् ।



मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने बताए । ‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ । साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक छ । शुक्रबार बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट