थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु-Sutra News

थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

नेपालमा आइतबार थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ७ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ हजार २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा अहिलेसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र ३४३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म नेपालमा ३८ लाख ९४ हजार १ सय ३७ वटा पिसिआर र ४ लाख ६१ हजार ४ सय ९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट