यस साता देशभर मनसुन सक्रिय हुने-Sutra News

यस साता देशभर मनसुन सक्रिय हुने

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौं- यस साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलकाअनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक-फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ,’ उनले भने । 

देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट