प्रधानमन्त्री देउवाको कामप्रति कांग्रेस नै बेखुसी, प्रवक्ताले यस्तोसम्म भने-Sutra News

प्रधानमन्त्री देउवाको कामप्रति कांग्रेस नै बेखुसी, प्रवक्ताले यस्तोसम्म भने

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरिरहेको भिडियोप्रति आपत्ति जनाएको छ ।



प्रधानमन्त्री देउवाको नाममा खोलिएको भाइबर ग्रुपमार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षक राखेर विभिन्न भिडियो सार्वजनिक भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन्- ‘भिडिओ’, नत्र पार्टीले बनाउला,’ उनले लेखेका छन्, ‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु ।’

उनले ‘खोपदेखि भोटसम्म’ को यात्रा र तीन तहको निर्वाचनमार्फत् संविधान कार्यान्वयन अघिल्लो सफलताभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले परिणाम राम्रो दिए प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्ध हुने उनले दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट