आजको मौसम: देशभर भारी वर्षाको सम्भावना-Sutra News

आजको मौसम: देशभर भारी वर्षाको सम्भावना

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- देशभर शुक्रबार माैसम सामान्य देखि पूर्ण बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट