थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



२४ घण्टामा ११ हजार ५८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमणकै कारण १८ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ९४०० पुगेको छ ।

२४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट