ट्युनिसियाली समुद्रमा डुङ्गा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु-Sutra News

ट्युनिसियाली समुद्रमा डुङ्गा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

ट्यूनिस- अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । एक सय २७ जना आप्रावासी चढेको उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ ।



मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु यात्रारत रहेको बताइएको छ । डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट