वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयको आग्रह-Sutra News

वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयको आग्रह

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउनका लागि  सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।



मंगलवार एक विज्ञाप्ति जारी गर्दै त्रिभुवन विश्‍वविद्यालयले  कोरोना महामारी बढ्दै गएको भन्दै रोकिएका परीक्षाहरुलाई वैकल्पिक विधिबाट गर्नुपर्ने जनाएको छ ।

‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु, ‘ उपकुलपति  प्रा.डा.धर्मकान्त बास्कोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट