फेसबुकले हटायाे अष्ट्रेलियाकाे न्युज सामाग्रीमाथि लगाएको प्रतिबन्ध-Sutra News

फेसबुकले हटायाे अष्ट्रेलियाकाे न्युज सामाग्रीमाथि लगाएको प्रतिबन्ध

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- फेसबुकले अष्ट्रेलियाले आफ्ना प्रयोगकर्ताका लागि न्युज सामाग्रीमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।



फेसबुकले एक प्रस्तावित कानुनको विरोधमा गएको बिहीबारबाट अष्ट्रेलियामा सामाचारजन्य सामाग्री सेयर गर्न र पढ्न नमिल्ने गरी बन्द गरेको थियो ।

यस प्रस्तावित कानुनमा फेसबुक र गुगलले समाचारहरू सेयर भए बापतको रकम मिडियालाई भुक्तान गर्नुपर्ने प्रावधान छ ।

अष्ट्रेलियाली वित्त मन्त्री जोश फ्रायडेनबर्गले आगामी दिनमा फेसबुकका सबै न्युज पेजहरु पुनः सञ्चालन हुने बताएका छन् ।

मंगलबार उनले एक विज्ञप्तिमार्फत् यस कानुनको संशोधन हुने पनि जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट