बाबुराम भट्टराईको पुस्तक लोकार्पण कार्यक्रममा कसले के भने ?-Sutra News

बाबुराम भट्टराईको पुस्तक लोकार्पण कार्यक्रममा कसले के भने ?

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधवकुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।



शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरूको कथा’ को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताए ।

यसको निम्ति मोर्चा खोलिसकिएको उनको भनाइ छ । उनले नेपालको संविधान पूर्ण छ भनेर आफूले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद् विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमतिमाथि विश्वास घात गरेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताए । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उनले जनयुद्धको योगदानको सहि मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताए ।

बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भए पनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट