यस्तो छ आगामी ३ दिनको मौसम अनुमान-Sutra News

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती र गण्डकी प्रदेशको हिमाली भेगमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।



तराई क्षेत्रमा क्रमशः हुस्सु लाग्न थालेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । ‘यो दिनभरिचाहिँ बस्दैन, मध्याह्नसम्म रहला,’ उनले भने ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- तापक्रम चिसो रहिरहने तथा तराई र पहाडका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

यसैबीच आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए । यो हिजो (आइतबार) भन्दा झन्डै १ डिग्री बढेको हो । हिजो काठमाडौं उपत्यकको न्यूनतम तापक्रम २.३ डिग्री रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार राति आकाश सफा भएका बेला बिहान तापक्रम घट्छ भने बादल लागेका बेला तापक्रम बढ्छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान

पुस १३गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुसगते (बुधबार)

दिउँसो :  कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : देशका उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट