भन्सार छली गरेर ल्याइएको दुई लाखभन्दा बढीको सामान बरामद-Sutra News

भन्सार छली गरेर ल्याइएको दुई लाखभन्दा बढीको सामान बरामद

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७
  1. धनगढी- सशस्त्र प्रहरी बलले कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका दुई लाख मूल्यभन्दा बढीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको नेतृत्वमा खटिएको टोलीले जिल्लाको भीमदत्तनगरपालिकाको जिमुवा र ऐरीघाट क्षेत्रबाट भन्सारी छली गरेर ल्याउँदै गरेको दुई लाख पाँच हजार बराबरको सामान बरामद गरेको हो ।



बरामद गरिएको चिनी, हार्डवेयरका समान र प्लाष्टिकका डोरी आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट