आजबाट पशुपतिनाथ खुला, मन्दिर दर्शनका लागि मास्क अनिवार्य-Sutra News

आजबाट पशुपतिनाथ खुला, मन्दिर दर्शनका लागि मास्क अनिवार्य

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

काठमाडौं- कोरोना भाइरका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए ।



पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

मन्दिर खुले पनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन। ‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौं । स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउँछौं’, ढकालले भने।

नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिदु महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक रुपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट